१७ विकास बैंकः ७ महिनामा करिब ४ अर्ब मुनाफा, तीन बैंक नोक्सानीमा
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २३:०:६
१ चैत, काठमाडौं । चालु आवको सात महिनामा विकास बैंकको करिब ४ अर्ब मुनाफा गरको छन् । जुन मुनाफा गत वर्षको तुलनामा करिब साढे २ प्रतिशत बढेको हो।
हाल संचालनमा रहेका १७ विकास बैंकमध्येका ३ विकास बैंकको नोक्सानीमा रहेको छन । त्यस्तै १४ विकास बैकले चालु आवको माघ मसान्तसम्म ३ अर्ब ८८ करोड रुपैयाँ मुनाफा गरेका हुन्। सो मुनाफा औसतमा २२ करोड हो।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको मुनाफा तीन अर्ब ७८ करोड रुपैयाँ थियो।
सबैभन्दा बढि मुनाफा गर्ने विकास बैंक ?
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुक्तिनाथ विकास बैंकले सवैभन्दा बढी मुनाफा गरेको छ । मुक्तिनाथ विकास बैंकले यस अवधिमा ६९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
साथै, गरिमा विकास बैंकले पनि ५६ करोड ६५ लाख, महालक्ष्मी विकास बैंकको ५२ करोड ८३ लाख, ज्योति विकास बैंकले ४१ करोड २८ लाख, लुम्बिनी विकास बैंकले ४० करोड १२ लाख रुपैयाँ, शाइन रेसुंगा विकास बैंकले ४० करोड ९ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले ४० करोड ६ लाख रुपैयाँ मुनाफा गरेका छन्।
त्यस्तै, सांग्रिला विकास बैंकको मुनाफा पनि ३० करोड १२ लाख रुपैयाँ छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मुनाफा ४७ लाख रुपैयाँ छ।
करोड रुपैयाँभन्दा कम मुनाफा कमाउने ग्रीन डेभलपमेन्ट बैंक छ। बैंकले माघ अन्त्यसम्म ७२ लाख मुनाफा गरेको छ।
तीन विकास बैंक नोक्सानीमा ?
चालु आर्थिक वर्षको सात महिनाको अवधिसम्म तीन विकास बैंक नोक्सानीमा रहेका छन् । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक नोक्सानीमा रहेका छन् ।
बैंकहरूको कुल घाटा झन्डै साढे ५ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा विकास बैंकहरूको खुद नोक्सानी १ करोड रुपैयाँ अधिक थियो।
कुन बैंकले कति गरे मुनाफा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार