पोखरा विमानस्थलको लगानीमा गृहमन्त्री खाँडले उठाए प्रश्न
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २३:८:५५
१ चैत, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले पोखरा विमानस्थलमा भइरहेको लागतमाथि प्रश्न उठाएका छन् । उनले छिमेकी राष्ट्र चीन सरकारको ऋण लगानीमा निर्माण भइरहेको पोखरा क्षेत्रीय विमानस्थलको लागत भैरहवा विमानस्थलको भन्दा बढी हुनुको कारण समेत मागेका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा खाँडले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको र यसको कारण के हो भन्ने विषयमा खोजि हुनुपर्ने बताए ।
विमानस्थलमा लगानी गर्ने देशको नाम उल्लेख नगरी खाँडले भैरहवा विमानस्थल भन्दा सानो भएर पनि पोखरा विमानस्थलको लागत किन महँगो हो भन्ने प्रश्न गरेका हुन् । देशका विकास आयोजनामा हुने लगानीबारे बहस हुनुपर्ने उनको भनाई छ ।
भैरहवा विमानस्थल नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा ३ हजार मिटर धावन मार्ग भएकोलाई ७ अर्ब र २५ सय मिटर धावनमार्ग भएको पोखराको लागत २१ अर्ब किन र कसरी भयो भन्दै खाँण खोजिहुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार