शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य सेवा पहुँच
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २३:२५:३०
१ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ । दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो । सामान्य रुपमा बिरामी हुँदासमेत स्थानीय बासिन्दाले विगतमा सदरमुकाम र टाढाका बजार क्षेत्रमा उपचार गर्नका लागि जानुपर्ने अवस्था विद्यमान थियो ।
वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा वडामा स्वास्थ्य चौकी रहेका छन् । बढी जनसङ्ख्या भएका दुई वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालना रहेका छन् । प्रत्येक स्वास्थ्य संस्थाबाट दैनिक चार सय बढी बासिन्दाले सेवा लिँदै आएका छन ।
“स्वास्थ्य संस्थामा विगतको तुलनामा दक्ष स्वास्थ्यकर्मीसँगै औषधिको पर्याप्तताले जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी बाहेक अन्य बिरामीको उपचार सहज रुपमा हुने गरेको छ”, शाखा प्रमुख भने,“औषधि निःशुल्क रुपमा उपलव्ध गराउने र परामर्श सेवासमेत सहज वातावरणमा स्वास्थ्यकर्मीले दिने गरेका छन् ।”
विगतमा प्रसूति हुनका लागि महिला जिल्ला सदरमुकाम र अन्य जिल्लामा जाने गरेकोमा हाल नगरपालिकाका पाँच स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा रहेका छन् । यससँगै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा रोग पहिचानका लागि प्रयोगशालासमेत स्थापना गरी सञ्चालन गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बयानका लागि रविसहित ४ जनालाई लगियो अदालत, जोशीको सकिएपछि मात्र आउनेछ अरुको पालो
पुष ९, २०८१ मंगलबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
सोमबार रातिदेखि हुम्लामा हिमपात
पुष ९, २०८१ मंगलबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार