असहमति जनाउँदै कानून मन्त्रालयबाट निर्वाचन आचारसंहिता आयोगमै फिर्ता
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १३:५६:५
२ चैत काठमाडौं । निर्वाचन आयोगले सम्पादनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको निर्वाचन आचारसंहिता मन्त्रालयले आयोगमै फिर्ता पठाएको छ । मस्यौदा तयार भएको करिब तीन साता हुन लाग्दासमेत मन्त्रालय र आयोगबीच आचारसंहिताको केही प्रावधानमा समझदारी हुन सकेको छैन ।
स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेदवार हुन पाउने÷नपाउने विषयमा निर्वाचन आचारसंहिता विवादित बनेको छ ।
मन्त्रालयका अनुसार आचारसंहितामा उम्मेदवारको आचरण मात्रै समेटिनुपर्ने ठाउँमा ऐनको कुरासमेत समेटिएकाले पुनर्विचारका लागि फिर्ता गरिएको हो ।
निर्वाचन आयोगले तयार गरेको मस्यौदामा स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार उम्मेदवारको योग्यता र अयोग्यताको विषय समेटिएको छ ।
आचारसंहिताका केही प्राविधिक विषय तथा व्यवस्थाहरू छलफलकै चरणमा छन् । कानुन मन्त्रालयले आचारसंहितामा राखिएका केही व्यवस्थाबारे आयोगसँग परामर्श तथा छलफल गरिरहेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद ४ को दफा १३ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल हुने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।
स्थानीय तहका पदाधिकारीले विभिन्न शीर्षकमा सेवा सुविधा लिँदै आएका छन् । पदाधिकारीले उक्त सुविधालाई पारिश्रमिक भन्न नमिल्ने दाबी गर्दै यथास्थितिमै उम्मेदवार हुन पाउनुपर्ने जिकिर गर्दै आएका छन् ।
स्थानीय पदाधिकारीले भने प्रधानमन्त्रीले आफ्नो पदीय हैसियतमै रहिरहँदा चुनावमा स्पर्धा गर्न पाउने तर स्थानीय प्रतिनिधिले किन स्पर्धा गर्न नपाउने प्रश्न गर्दै आएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले पनि उम्मेदवारको अयोग्यताबारे गरेको व्याख्यामा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ ।
ऐनको परिच्छेद ५ को दफा १३ ले उक्त व्यवस्था गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलसँग स्थानीय तहका सेवा सुविधा लिने पदाधिकारी उम्मेदवार हुन नपाउने व्यवस्थाले नै आचारसंहिताले पूर्णता पाउन नसकेको हो भनेर राखिएको जिज्ञासामा केही प्राविधिक विषय र निर्वाचन ऐनको केही दफाबारे अझै प्रस्ट हुनुपर्ने बताउनुभयो । उक्त व्यवस्थाले २०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारी पदाधिकारीकै हैसियतमा चुनावमा उम्मेदवार हुन पाउने छैनन् ।
मन्त्रालयले आयोगबाट कानूनसँग मिल्ने गरी पुनर्विचार भएर आएपछि मन्त्रालयले सहमति प्रदान गर्ने र योग्यता÷अयोग्यताका विषयलाई आचारसंहितामा आयोगलाई आचरण मात्रै समेट्न सुझाव दिएको छ ।
यता,आयोगले आचारसंहिता लागू कहिलेदेखि गर्ने सम्बन्धमा पदाधिकारीको बैठकले निर्णय गर्ने तयारी गरेको छ ।
आयोगले नेपाल सरकारलाई दिएको २६ बुदे निर्देशनबमोजिम सरुवा÷पदस्थापनलगायतका काम चैत १५ सम्म गरिसक्नुपर्नेछ । जसअनुसार आयोगले चैत तेस्रो सातादेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
आयोगले पठाएको मस्यौदालाई मन्त्रालयले सम्पादन गरेपछि आयोगले स्वीकृत गर्दै राजपत्रमा प्रकाशनका लागि पठाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार