आगलागीबाट सावधानी अपनाउन सर्वसाधारणलाई प्रहरीको आग्रह

नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १६:३६:५७

२ चैत, काठमाडौं । नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ ।
आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने बताए । त्यसैले परिसरले सावधानीका उपायबारे ११ बुँदे ध्यानाकर्षणसमेत सार्वजनिक गरेको छ ।
आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याँस सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न अनुरोध गरिएको छ । परिसरले विद्युतजन्य सामग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसी आदि)लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, पूजाकोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर नछाड्न र आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कन अनुरोध गरेको छ ।
यस्तै ग्याँस सिलिण्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न, ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए÷नभएको यकिन गरी प्रयोग गर्न, गाईवस्तु चरनका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ ।
आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार