संसद अधिवेशन स्थगित गरिएको विषयमा छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १६:५५:६
२ चैत, काठमाडौं । सरकारले अकारण संसद अधिवेशन स्थगित गरेको भन्दै त्यसको विरोध गरिहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) यसै विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार दिउँसो ३ बजे बस्ने बैठकले संसद स्थगितपछि उत्पन्न हुने परिस्थितिका विषयमा छलफल हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले अपरझट संसदीय दलको बैठक बोलाएको हो । बैठकमा पार्टीको माग, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबिरुद्धको महाअभियोग र नागरिकता विधेयक सम्बन्धमा छलफल हुने बताइएको छ ।
पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने मागसहित एमाले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार