अमेरिका गर्यो रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १७:१८:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/Vladimir-Putin-Russia-President-1_vnhiYavM3k.jpg)
२ चैत, एजेन्सी । रुसले अमेरिकी राष्ट्रपति बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गरेको छ ।
माथिल्लो सदन सिनेटले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्दै उनलाई युद्ध अपराधी घोषणा गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।
सिनेटले हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई युक्रेनमाथि आक्रमण गर्ने निर्णयका सम्बन्धमा पुटिनलाई मुद्दा चलाउन अपिल पनि गरेको छ ।
सिनेटमा मतदानपूर्व डेमोक्रेटिक सिनेट नेता चक शुमरले सम्बोधन गर्दै युक्रेनमा गरेको अत्याचारका लागि पुटिनलाई जवाफदेही बनाउनुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकन पार्टीका सिनेटर लिण्ड्सी ग्राहमले पुटिनको निन्दा गर्नेसम्बन्धी विधेयकलाई स्पोन्सर गरेका हुन्। उनले अबको काम अरु युरोपेली साझेदार देशहरुलाई पनि पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रक्रियामा ल्याउनु रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार