‘स्थापित जाति विस्थापित भाषा’
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १७:३३:३४
२ चैत, गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रतिष्ठानले ‘स्थापित जाति विस्थापित भाषा’ नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० प्रशिक्षार्थीको सहभागिता छ । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहनुभएको छ । नेवाःखल पृथ्वीचोकमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तालिमले जातीय भाषा संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेवाःखल पृथ्वीचोकका अध्यक्ष केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, नेवाःखल पृथ्वीचोकका निवर्तमान अध्यक्ष मीमलाल श्रेष्ठ, मिस पुच जिल्ला उपाध्यक्ष लक्ष्मी मुल्मीले प्रशिक्षण कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।तामाङ भाषाको प्रशिक्षण यही चैत ७ गतेबाट र दुरा भाषाको प्रशिक्षण चैत १० गतेबाट आयोजना गर्ने तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार