बागमती प्रदेश इञ्जिनीयर्स एशोसियशनमा लोकतान्त्रिक समूह विजयी
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १८:५६:४८
२ चैत, काठमाडौँ । नेपाल इञ्जिनीयर्स एशोसियशन बागमती प्रदेशमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) को समूह विजयी भएको छ । बागमती प्रदेशका तीन स्थानमा मतदान केन्द्र राखी भएको निर्वाचनको मतगणना मगंलबार राति सकिएको थियो ।
मतपरिणाम अनुसार प्रदेश सभापति पदमा लोकतान्त्रिक समूहका रोहिणी पौडेल विजयी भएको प्रदेश निर्वाचन समिति संयोजक कमल कार्कीले राससलाई जानकारी दिए । प्रदेश समितिका पदाधिकारी र सदस्यमा पनि सबै लोकतान्त्रिक समूहबाट नै विजयी भएका छन् । उपसभापतिमा सुरेन्द्र केसी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा विजय थापा, कोषाध्यक्षमा विपीन भुसाल विजयी भएका छन् । सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण छेत्री विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वीमा (नेकपा समाजवादी) निकटलगायत गठबन्धनको प्रगतिशील इञ्जिनीयर्स एशोसियशनका विनोद सापकोटाको समूह आएको निर्वाचन समिति संयोजक कार्कीले बताए । सबै पदाधिकारी र सदस्यको तीनै वटा मत गणनास्थलबाट प्राप्त मत जोडेर आज निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार