मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १९:१:३३

२ चैत, काठमाडौं । काठमाडौं र नवपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीस्थित सडकमा बा.८५ प ५०६० नम्बरको मोटरसाइकल र बा.४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक नागार्जुन नगरपालिका–१ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–४ घर भएका ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा लु.१ ख ४३१९ नम्बरको बस र ना.६ ख १७२१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार रूपन्देही घर भएकी ३७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार