अख्तियारमा स्थानीय तहका उजुरी धेरै
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १९:३२:१३
२ चैत, राँझा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।
उनका अनुसार, गत आर्थिक वर्ष २०७७\७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन् । तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फछ्र्यौट भएका छन् भने अझै ६५ उजुरी फछ्र्यौट हुन बाँकी छन् । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए ।
स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने\नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार