महिलाका लागि प्रविधिमैत्री साक्षरता कक्षा संचालन
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १९:५८:३३
२ चैत, नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गरिएको छ । गैँडाकोट–२ र ७ मा आजदेखि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन गरिएको हो ।
महिलालाई साक्षर गराउने उद्देश्यले सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा गैँडाकोटस्थित मौलाकाली सामुदायिक सिकाइ केन्द्रले प्रविधिमैत्री कक्षा सञ्चालन गरेको हो । कार्यक्रममा गैँडाकोट–७ का वडाध्यक्ष चोलनाथ उपाध्यायले कार्यक्रमले महिलालाई साक्षर बन्न र समाजमा अगाडि बढ्न सहयोग गर्ने बताए । वडामा थप प्रविधिमैत्री कक्षा सञ्चालनका लागि वडा कार्यालयले पनि सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
मौलाकाली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमल पराजुलीले महिलालाई सामाजिक, राजनीतिक र प्रविधिसहित सबै क्षेत्रमा अगाडि बढाउने उद्दश्यले कक्षा सञ्चालन गरिएको बताए । गैँडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत हेमचन्द्र पौडेलले प्रविधिमैत्री शिक्षाले दैनिक जीवनमा सहज हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार