विभागद्वारा नक्कली भ्याट बिल प्रकरणमा तीन जनाविरूद्ध उच्च अदालतमा मुद्दा दायर
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २०:१२:५४
२ चैत, काठमाडौं । राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
विभागले कर छलेको आरोपमा सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार मुद्दा दायर गरेको हो ।
सौगात इन्टरनेशनलले जालसाजीपूर्वक नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ ।
अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ ।
उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको विभागको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार