खाँडो नदीमा पुल निर्माणको माग
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २०:१८:५९
२ चैत, राजविराज । सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीमा सर्वसाधारणको सहुलियत हुने गरी पुल निर्माणका लागि पहल गरिदिन हुन सरकारसँग आग्रह गरिएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई भेटेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा नेपाल–भारततर्फका सर्वसाधारणलाई समस्या हुँदै आएकाले सो नदीमा पुल निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
भारत विहारको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ । दुवैतिर सडक भए पनि नदीमा पक्की पुल भने छैन । दुई वर्षअघि सम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढीका कारण जीर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुनःनिर्माण गर्न नदिएपछि अहिले पुलविहीन छ । “पुल नहुँदा दुवैतिरका आमजनतालाई निकै समस्या र चुनौतीको सामना गर्नु परिरहेको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ, “पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन बाढीको समयमा जोखिमपूर्ण छ ।”
दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको पत्रमा उल्लेख छ । यस क्षेत्रमा पुल बनेमा सप्तरीवासीलाई बाढीको समयमा व्यापार व्यवसाय गर्न सहज हुनाको साथै सस्तो रुपमा सामानहरु किन्न सर्वसाधारण जनतालाई पनि राम्रो हुने तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिश सिँहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार