चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २१:५:५६
२ चैत, झापा । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन ।
दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनका अनुसार चारआली– केचना ४० किलोमिटर सडक निर्माणका लागि विसं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजंगा जेभीले विसं २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । तर पटक–पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ ।
उनले सडक निर्माणको अन्तिम म्याद यही चैत ३० गतेसम्म रहेको बताउँदै भने अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन । तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानुन अनुसार कारबाही हुने उनले बताए । उनले भद्रपुर नगरपालिकाभित्र रहेको सङ्गमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको बताए ।उनले सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताए ।
सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनिया खोलासम्मका लागि रु ४१ करोड ६५ लाख र देउनिया खोलादेखि कचनकवलसम्मका लागि रु ४२ करोड ५६ लाख ठेक्का सम्झौता रकम रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार