‘पार्टीमा पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढ्यो’
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २२:२६:३६
२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावी प्रचार अभियान अन्तरगतको प्रशिक्षण कार्यक्रममा आफ्ना कार्यकर्ताको व्यवहारप्रति लक्षित गर्दै आक्रोश पोखेका छन् ।
बुुधबार काठमाडौंमा आयोजित प्रशिक्षणमा प्छिल्लो समययमा पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको भन्दै उनले हिजो युद्धको समयमा शहादत दिनका लागि झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताए ।
प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएकाले अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दै गएको भन्दै हिजोको त्यो जमात आज पदका लागि झगडा गर्ने र पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमातका रुपमा परिणत भएको बताए ।
क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भएको भनिएपनि वास्तवमा त्यो हुन नसकेको उनको भनाई थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको भन्दै उनले क्रान्ति र रूपान्तरणका निम्ति कुनै उल्लेख्य सुधार नभएर औपचारिकताका लागि थेगो जस्तो भएको बताए ।
संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको गुनासो गर्दै उनले आफुले क्रान्तिको कुरा गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार