साना दलहरुलाई निर्वाचनमा उनीहरुकै चुनाव चिह्न दिन आयोग तयार
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार २३:२२:२०
२ चैत, काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो ।
त्यसका लागि दलहरुले कुन कुन जिल्लामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा राजनीतिक दलको चुनाव चिन्ह दिने विषयमा लामो छलफल गरेको थियो ।
साना दलका प्रतिनिधिसँग औपचारिक तथा अनौपचारिक छलफल पश्चात प्राप्त सुझावको आधारमा चुनाव चिन्हबारे निर्णय भएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने दलको संख्या ७९ छ ।
जसमध्ये ६ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् । राष्ट्रिय मान्यता पाएका दलले मात्र निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग गर्न पाउने प्रावधान छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलले फरक फरक स्थानका लागि छु्ट्टा छुट्टै चुनाव चिन्ह पाउँदा चुनावी प्रचार झन्झटिलो भएको गुनासो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार