रणवीर र श्रद्धाको फिल्मको सेटमा तोडफोड
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १५:१:१८
३ चैत, काठमाडौं । अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने ‘एक बेनामे’ फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन् ।
रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका छन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।
निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ । प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो ।
त्यसपछि वर्कस यूनियनले चौकीमा पुगेर सबै कामदारलाई बाहिर ल्याएको थियो । निर्देशक रञ्जनले भने अहिलेसम्म यो मामलामा केही बोलेका छैनन् । रणवीर र श्रद्धाको अभिनय रहने फिल्म रोमान्टिक ड्रामामा आधारित छ । यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ ।
फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि प्रमुख भूमिकामा छन् । फिल्मको अन्तिम सुटिङका लागि लव टिमका साथ यसै वर्षको मध्यमा स्पेन जानेछन् । निर्देशक लव रञ्जनले निर्देशन गरेका ‘सोनू के टीटू की स्वीटी’ र ‘प्यारका पञ्चनामा’ हिट फिल्ममा पर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार