गठबन्धन सरकारबाट एकीकृत समाजवादीका मन्त्री फिर्ता नहुँने
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १५:२९:५७
३ चैत, काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता नबोलाउने भएको छ । स्थानीय तहको निर्वाचनलाई असर पर्ने भन्दै अहिले सरकारमा रहेकाहरुलाई नै यथावत राखिने भएको हो ।
एकिकृत समाजवादीले हाललाई मन्त्री परिवर्तन गर्ने विषयलाई स्थगित गरेको सरकारमा सहभागि एक मन्त्री नेपालबहसलाई जानकारी दिए ।
उनले निर्वाचनको समय आएको र अहिले मन्त्रीहरु हेरफेर गर्दा त्यसको प्रत्यक्ष असर चुनावमा पर्ने निष्कर्ससहित अध्यक्ष नेपालको रहेको बताए ।
एकीकृत समाजवादी पार्टीबाट हाल शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ मन्त्री रहेका छन् ।
उनीहरुलाई सरकारमा पठाउँदै छ महिनापछि फिर्ता हुनुपर्ने सर्त राखिएको नेताहरुले बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार