चैतमा गर्ने भनिएको दलित संघको महाधिवेशन स्थगित

नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १७:४:५४

३ चैत,काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशन फेरि स्थगित भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको बताइएको छ ।
दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ र अब स्थानीय तहको निर्वाचन पछि हुने भनिएको छ । कांग्रेस नेताहरुले स्थानीय तहको निर्वाचनको कारण देखाउँदै दलित नेताहरुलाई महाधिवेशन स्थगित गर्न आग्रह गर्दै आएका थिए ।
२०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ । २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।
सभापति शेरबहादुर देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्रसिंह टेलरलगायत संघको अध्यक्षका आकांक्षी थिए ।
संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार