मधेश प्रदेश: नेकपा हुँदा उठाएको लेवीमा तीन दलको दाबी
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १८:३६:२२
३ चैत, जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेकपा एसले दावी गरेपछि विवाद भएको छ ।
नेकपामा बैंकमा जम्मा भएको करिब १९ लाख रकम जम्मा भएको बताइन्छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतार हतार पार्टीको खाताबाट एकमुष्ठ १० लाख रकम झिकेका थिए ।
माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेका रकम माओवादी केन्द्र र नेकपा एसले पाउनुपर्नेमा एमाले विवाद गरेको बताए । पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैकमा रहेको उनले बताए ।
यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभासदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ । फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।
मधेश प्रदेश सभामा जसपाका ३८ जना सांसद छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिदै आएको थियो । प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात नौ हजार १५३ रुपैयाँ कम गरिर सांसदहरूले तलब पाउँदै आएको थियो ।
त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार पाँच सय ३० रहेकोमा १५ प्रतिशत लेवी नौ हजार आठ सय २९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसले आफ्ना सांसदहरूबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रुपमा पैसा लिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार