सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका अधिकारीबीच छलफल
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १८:४९:३९
३ चैत, काठमाडौं । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी बेचविखन, तस्करी लगायतका आपराधिक क्रियाकलापविरुद्ध दुबै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताए ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच बैठक भएको उनले बताए ।
आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डीएसपी भट्टले बताए । यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रुपमा बैठक भएको थियो । कोरोनाको दोस्रो लहर पछि सीमा सुरक्षा अधिकारीहरुको यो पहिलो बैठक
सीमा सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरुको सभागिता रहेको डीएसपी भट्टले बताए
भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ वी बाहिनी एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार