ओलीप्रति माधवको कटाक्षः ‘हाम्रो कलमले खिसिटिउरी गर्नेहरूको हरिबिजोग बनाइदिन्छ’
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १९:५०:२
३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफुलाई मैहुँ भन्नेहरुको आफ्नो पार्टीको चुनाव चिह्न कलमले हरिबिजोक बनाउने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित होली पर्व विशेष कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै एकिकृत समाजवादी पार्टीलाई सानो र निम्छरो भनेर खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग हुने बताए ।
नेपालले भने,‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा हामी पुग्नुपर्छ ।’
उनले पार्टीको सामथ्र्य चुनावमा देखाएर खिसिटिउरी गर्नेहरूको अगाडी प्रचार अभियान गाउँ–गाउँमा पुग्न नेता–कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । चुनावी अभियानलाई दरिलो बनाए खिसिटिउरी गर्नेहरूको घमण्डको पोको रावणको जस्तै नाश भएर जाने नेपालले बताए ।
नेपालले एकीकृत समाजवादीको चुनाव चिह्न कलम भएको र कलम चुनाव चिह्नले वैशाख ३० गतेको चुनावमा कमाल देखाउने र सत्य एवं न्यायको प्रतीकको रुपमा रहने बताए ।
राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । उनले होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार