होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार २१:०:२८
३ चैत, काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो ।
ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दुई वर्ष होली खेल्न नपाएका नेपालीले यो वर्ष उत्साहका साथ होली खेलेका हुन् ।
होलीलाई हिन्दुको रङ्गको चाड फागु पर्वसमेत भनिन्छ । राजधानीलगायत पहाडी जिल्लामा बिहीबार उल्लासका साथ होली मनाइएको हो ।
वसन्तपुर दरबार क्षेत्रमा चिर रथारोहण भएपछि यस पर्वको सुरुवात हुन्छ । होलीका दिन वसन्तपुर क्षेत्रमा नेपालीसँगै विदेशी पर्यटकले पनि विभिन्न रङ्ग दलेर यो पर्व मनाउने गरेका छन् । एक आपसका मुखमा रङ्ग दलेर होली पर्व मनाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार