एकीकृत समाजवादीको अस्तित्व सखाप पारिदिने एमाले महासचिव पोखरेलको चेतावनी
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार २१:२२:८
३ चैत, काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई चुनावमा चेताउने अभिव्यक्ति दिएको केहि क्षणमै नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको अस्तित्व नै सखाप पारिदिने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गरिदिने बताए ।
उनले एमालेले माधव नेपालको पार्टीलाई मान्यता नदिनुको अर्थ भनेकै उसलाई हराउनु भएको बताए ।
भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि एमालेले चुनाव नजित्ने खालको स्थिति सिर्जना गर्ने भन्दै चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने दावी गरे ।
जसरी विगतमा नेकपा माले भन्ने पार्टीलाई सबैतिर चुनाव हराइदिएपछि झोली झुम्टा बोकेर सबै कमरेडहरु एमाले फर्किए यसको पनि त्यस्तै हविगत हुने पोखरेलले बताए ।
महासचिव पोखरेलले अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने बताए ।
नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्दा सफल नभएकाले अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउने र त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराएर कार्यकर्तालाई आफूसित ल्याउने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार