कांग्रेसका कारण गठबन्धन भत्कदैन, कायम राख्न प्रतिवद्ध छौँः गृहमन्त्री खाँण
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार २१:३६:५१
३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस गठबन्धन भत्काउने पक्षमा नरहेको बताएका छन् । उनले असहज परिस्थिितिमा बनेको सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताए ।
नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाँणले व्यवस्था संकटमा जान लागेको जटिल समयमा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर कांग्रेस चुनावमा जान चाहेको बताए ।
कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाँणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् ।
बिहीबार विहान बालुवाटारमा भएको सत्ता गठबन्धनका शीर्ष नेताबीचको छलफलमा पनि गठबन्धन कायम रहने जानकारी दिएको उनले बताए ।
खाँडले हालै संसदबाट पारित भएको एमसीसी परियोजनाको सफल कार्यान्वयन पछि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे । विद्युत ट्रान्समिसन लाइन निर्माण र सडक स्तरोन्नतिको लागि एमसीसी स्वीकार गरिएको उनको भनाई छ ।
पेट्रोलियम पदार्थको मुल्यसँगै आयात पनि वृद्धि भइरहेको अवस्थामा विद्युतीय उपकरणको प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न एमसीसीको महत्वपूर्ण भूमिका हुने भन्दै खाँडले एमसीसी परियोजनाको माध्यमबाट आउने अनुदानले नेपालको गरिबी घटाउन समेत मद्दत पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार