सर्वोच्चले संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ गर्दै
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १७:५:४७
४ चैत, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले प्रतिपक्षी दलको सहमति बेगर अध्यादेशमार्फत संवैधानिक निकायमा गरेका नियुक्तिबिरुद्ध परेको मुद्धालाई सर्वोच्च अदालतले अघि बढाएको छ ।
संवैधानिक परिषदसम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।
उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
उनीहरुले त्यसरी गरिएका नियुक्ति खारेजीको माग पनि रिट निवेदनमा गरेका छन् । उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार