सशस्त्रद्वारा भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास शुरु
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १७:२९:०
४ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु गरेको छ ।
निर्वाचनमा आइपर्ने सम्भावित चुनौती व्यवस्थापनका लागि प्रदेश र संघमा गरी सातवटा बाहिनीस्तरमा भुर्चअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गरिएको सशस्त्र प्रहरी प्रवक्ता कोमलप्रसाद तिउसिनाले बताए ।
स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा केन्द्रीयस्तरीय, बाहिनीहरूमा प्रदेशस्तरीय र जिल्लास्थित गण तथा गुल्ममा जिल्लास्तरीय निर्वाचन सेल गठन गरिसकेको छ ।
त्यसका लागि स्थानीय तह निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पाठ्यक्रम–२०७८ तयार पारी आवश्यक प्रशिक्षण दिने कार्य जारी छ । निर्वाचन सुरक्षामा करिब ३४ हजार सशस्त्र प्रहरी जनशक्ति परिचालन हुने जनाइएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनाले निर्वाचन सुरक्षाका लागि जनशक्ति र स्रोतसाधन व्यवस्थापन योजना बनाउने कार्य अन्तिम चरणमा रहेको बताए । बाहिनी मुख्यालयलाई प्रदेशगत र गण–गुल्मलाई जिल्लागत निर्वाचन सुरक्षा योजना बनाउन निर्देशन भइसकेको छ ।
यस पटक उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना सशस्त्र प्रहरी बलको छ । सूचनाको निरन्तर विश्लेषणसँगै संवेदनशील र अति संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी अहिलेबाट नै सुरु गरिएको उनले बताए ।
गृह मन्त्रालयका अनुसार, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षाको दोस्रो घेरा राखिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी सुरक्षाकर्मी रहेका छन् । मतदान केन्द्रको बाहिरी सुरक्षा, मतदान सम्पन्न भइसकेपछि मतपेटिका ढुवानीलगायत सुरक्षामा सशस्त्र प्रहरी खटिने छ ।
मतदान केन्द्र, मतपेटिका ढुवानी मार्ग र भण्डार भवन सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरीले ‘पट्रोलिङ तथा रेकी’ गस्ती थालेको छ, अन्य सुरक्षा निकायसँग समन्वय तथा सहकार्य स्थानीयवासीसँग संवाद र छलफल सुरु गरेको छ ।
त्यस्तै नेपाल–भारत सीमा नाकाबाट हुन सक्ने घुसपैठ नियन्त्रणका लागि मुख्य, सहायक र वैकल्पिक मार्गहरूमा निगरानी बढाइएको छ । निर्वाचनको समयमा सीमानाका बन्द गरिए पनि त्यसअघि हुनसक्ने सम्भावित घटना रोक्न निगरानी बढाइएको छ ।
विशेष गरी सीमानाकाका स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिकर्मीसँग सहकार्य तथा समन्वय गरी यस विषयमा सतर्क र सजकता अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार