स्थानीय तह निर्वाचनमा म्यादीसहित साढे दुई लाख सुरक्षाकर्मी परिचालन गरिने
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १७:४९:२१
४ चैत, काठमाडौ । सरकारले आगामी बैशाख ३० का लागि तय गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि २ लाख ५० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायहरुबीचको छलफलपछि यो संख्यामा सुरक्षाकर्मी परिचालनगर्ने तयारी गरिएको हो ।
निर्वाचन सुरक्षामा प्रहरी जनशक्ति ७४ हजार, म्यादी एक लाख र सशस्त्र प्रहरी ३४ हजार गरी करिब दुई लाख आठ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । यस बाहेक नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट करिब ५० हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ ।
निर्वाचन आयोगले करिब १० हजार ८७० मतदान स्थल निर्धारण गरेको छ । संवेदनशील मतदान स्थलमा चार प्रहरी छ म्यादी गरी १० र अति संवेदनशीलमा पाँच प्रहरी र छ म्यादी गरी ११÷१२ जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछन् । सेना र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने छन् ।
नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरीको माग गरेको छ । यही महिनाको ६ गतेदेखि ११ गतेसम्म सात दिनभित्र ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार