इन्डो-नेपाल क्रिकेट : उपाधिका लागि लुम्बिनी र उस्का भिड्ने
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १८:४:३८
४ चैत, भैरहवा । लुम्बिनीमा जारी इन्डो-नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन ४ को फाइनल खेल आइतबार हुने भएको छ । शनिबारका लागि तय भएको फाइनल प्रतियोगितामा भारतको टिम होलीका कारण आउन नसकेकाले शनिबार स्थागित गरी आइतबारका लागि सारिएको हो ।
२१ फागुनदेखि सुरु भएको प्रतियोगिताको अन्तिम खेलमा नेपाल र भारतको टिमबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा शनिबार होली पर्व मनाइने भएकाले खेलाडीहरू वर्षदिनको पर्व मनाउनबाट वञ्चित नहोउन् भनेर आयोजक लुम्बिनी नव युवा क्लबको बैठकले प्रतियोगिता आइतबार ११ बजेबाट सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।
खेलाडीहरूको अनुरोध र पर्वको सम्मान गर्दै सिजन ४ को अन्तिम खेलसहितको समापन समारोह पडारिया क्रिकेट ग्राउन्ड लुम्बिनीमा हुनेछ । सिजन ४ को उपाधिका लागि आयोजक लुम्बिनी नव युवा क्लब नेपाल र एमएफसी उस्का बजार भारत भिड्दै छन् । यस क्षेत्रको सार्वधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक हुने प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए ।
सेमिफाइनल खेलमा आयोजक लुम्बिनी नव युवा क्लबले ग्रान्ड कस्मोलाई र उस्काले सुपर स्टार विजयनगरलाई हराएपछि फाइनलको यात्रा निश्चित गरेको हो । तीन वर्षदेखि नियमित हुँदै आएको प्रतियोगितामा यो वर्ष नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलरलाईसमेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार