आफ्ना नेताको बदनाम गरिएको भन्दै एमालेद्वारा जिल्ला बन्दको घोषणा
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १८:१०:१५
४ चैत, रौतहट । एमाले नेता प्रभु साहको बदनाम गरिएको भन्दै नेकपा एमाले रौतहटले जिल्ला बन्दको घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बद्नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको कारण देखाउँदै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो ।
शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका छन् ।
गाडी दुर्घटनाको विषयमा अनावश्यक रुपमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाका सिडियो र एसपीलगायतका प्रशासनले बद्नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ ।
गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उनलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा,‘नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनुको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बद्नियतपूर्ण कार्यको घोर निन्दा गर्दछौँ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार