चुनावी तालमेलका लागि सत्ता गठबन्धनबीच भद्र सहमति हुँदै
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १९:२१:१४
४ चैत, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका नेताहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने बहस भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरुले भने भद्र सहमतिमा जाने तयारी गरेका छन् । उनीहरुबीच भएका छलफलमा गठबन्धन गर्ने भन्ने मोटामोटी सहमति भएपनि कुन मोडलमा जाने भन्ने विषयमा सहमति जुटेको छैन् ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका एक नेताले दिएको जानकारी अनुसार शीर्ष नेताहरुबीच भद्र सहमतिको खाका तयार हुने र त्यसलाई पार्टीका केन्द्रीय समितिका बैठकमा छलफल गराउने तयारी भएको छ ।
खाका तयार भएपछि सत्तामा रहेका चारलदका शीर्ष नेताहरुले आ—आफनो पार्टीको केन्द्रीय समितिको बैठकमा यसबारे जानकारी गराएर निर्णय गराउने छन् ।
भद्र सहमतिका लागि खटाइएका नेताहरुले अहिले सरकारमा रहेका कुन दलले कुन स्थानीय तह र कति सिट जितेका छन् र त्यसमा अरु पार्टीको अवस्था कस्तो थियो भन्ने कुराको तथ्याँक संकलन गरिरहेको बताइएको छ ।
अब हुने स्थानीय तहको निर्वाचनमा यस अघिको निर्वाचनमा विजयी भएको पार्टी र उ भन्दा पछाडी रहेका पार्टीले पाएको मतका आधारमा गठबन्धनको उम्मेदवार तय हुनेछ । यसका लागि २०७४ को स्थानीय तहको निर्वाचनलाई आधार बनाइने भएको छ ।
गठबन्धनभित्र पार्टीगत रुपमै सहमति भएर आए स्थानीय, प्रदेश र प्रतिनिधि सभामा समेत तालमेलको भद्र सहमति बनाइने भएको छ । अहिलेलाई आ—आफ्नो शक्ति बढाउन सक्रिय हुने र चुनावमा एकैपटक भद्र सहमतिबाट बनेको खाकालाई व्यवहारमा उतार्ने गरी रणनीति दलहरुले बनिरहेको बताइएको छ ।
भद्र सहमति अनुसार स्थानीय निकायको निर्वाचनमा यसअघि जुन दलले जित हासिल गरेको हो त्यहाँ त्यही दललाई प्राथमिकतामा राखेर साझा उम्मेदवार बनाइने छ । महानगरपालिकाहरुमा कांग्रेसले यसअघि मेयर जितेको स्थानमा काँग्रेसको उम्मेदवारलाई गठबन्धनका अन्य दलले सघाउने छन् ।
गठबन्धनका दलबाहेकले जितेको पालिकाहरुमा भने गठबन्धनको दलको उक्त पालिकामा शक्तिको अवस्था हेरेर नेताहरुले मापदण्ड बनाउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश क्षेत्रमा हाल जुन दलको सांसद छन् सोही दलको सिट सुरक्षित हुने गरी मापदण्ड बनाउने भन्नेमा पनि छलफल चलिरहेको छ ।
प्रत्यक्षतर्फ १६५ सिटमध्ये २०७४ मा माओवादीले ३६ सिटमा जित हासिल गरेको थियो । ४ सांसद नेकपा एमालेमा प्रवेश गरेपछि उनीहरुको पद नै खारेज भएपछि माओवादीका ३२ सांसद रहेका छन् । माओावदीले यसअघि चुनाव जितेको क्षेत्रमा गठबन्धनबाट साथ पाउने आसा गरेको छ ।
काँग्रेसले २०७४ को चुनावमा २३ सिटमा प्रत्यक्ष निर्वाचन जितेको थियो । यसरी हेर्दा, प्रत्यक्षतर्फ काँग्रेसको २३, माओवादीको ३२, नेकपा एस १३, जसपा ११ र जनमोर्चाको १ गरी ८० सिटको हिसाव लगाइएको छ ।
बाँकी एमाले, लोसपा, राप्रपा, नेमकिपा र स्वतन्त्रले जितेका ८५ सिटहरुमा काँग्रेसले सबैभन्दा बढी पाउनुपर्ने अपेक्षा राखेको छ । यसमा आन्तरिक छलफल भएको तर, सहमति बन्ने वा नबन्ने विषय बाँकिनै रहेको ति नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार