मन्त्री बनाउन सांसद नपाएपछि एकिकृत समाजवादीलाई गण्डकीमा समस्या
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २०:८:२२
४ चैत, पोखरा । आफ्नो एक जना पनि सांसद नभएपछि नेकपा एकिकृत समवाजवादीलाई गण्डकी प्रदेशसभामा मन्त्री बनाउन समस्यया भएको छ । निर्वाचित र समानुपातिक दुवै तर्फ एक सांसद पनि नभएपछि समाजवादी गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ ।
नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार बन्दा ६ वटा प्रदेशमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । तर, गण्डकी प्रदेश सरकारमा एकीकृत समाजवादीको एक जना पनि सांसद छैनन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एक जना सांसदले पनि समाजवादी नरोजेपछि नेकपा एकीकृत समाजवादीले एक जना गैरसांसदलाई नै भए पनि प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । नेपाली कांग्रेसका एक जना मन्त्रीले राजीनामा दिने र समाजवादीबाट एक जनालाई गण्डकी प्रदेश सरकारमा मन्त्री बनाउने तयारी छ ।
कांग्रेस सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी सरकारमा एक गैरसांसदलाई मन्त्री बनाउने तयारी भएको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार