अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २०:३२:८
हरिप्रसाद भुसाल
४ चैत, अर्घाखाँची । तेस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता जबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ । सन्धिखर्क नगरपालिका-१ मा रहेको टुँडिखेलमा सुरु भएको प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् ।
अर्घाखाँची क्रिकेट संघको व्यवस्थापन र सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए । खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै भुसालले आगामी दिनमा देशको नाम उँचो राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले आफुहरू जहिले पनि युवाहरूको साथमा रहेको बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाली कांग्रेसका नगर अध्यक्ष बाबुराम भुुसाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमलप्रसाद घिमिरे, जनता समाजवादीका नेता पुष्करनाथ आचार्य, अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसाल लगायतले मन्तव्य राखे ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितीय हुनेले २५ हजार प्राप्त गर्ने कार्यक्रमको व्यवस्थापन गरिरहेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार