न्यायाधीश सिफारिशमा कामु प्रधानन्यायाधीश र मुख्य रजिस्ट्रारबीच विवाद
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २१:१८:२८
४ चैत, काठमाडौं । न्यायाधीश सिफारिश र नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुवँरबीच विवाद देखिएको छ ।
गत फागुन २६ गते बसेको न्यायपरिषदको बैठकले गरेको सिफारिश अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत २ गते कुँवरलाई पाटन उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्दै नियुक्तिपत्र समेत दिएका थिए ।
कुँवरले त्यसलाई अस्वीकार गर्दै उल्टै कामु प्रधान्यायाधीश कार्कीलाई न्यायाधीशमा नजाने लिखित निवेदन दिएको सर्वोच्चका कर्मचारी बताउँछन् । कर्मचारीका अनुसार मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पदको नियुक्ति लिन अस्वीकार पछि दुइबीच असमझदारी बढेको छ ।
कुँवरले मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गर्ने परिपाटी रहँदै आएको तर, आफुलाई मुख्यमा नभई न्यायाधीशमा मात्र नियुक्ति दिएकाले आफु सो पदमा नजाने बताएका छन् ।
कुँवरले कामु प्रन्या कार्कीलाई लिखित निवेदन नै दिएर आफूले न्यायाधीश पद स्वीकार नगर्ने बताएको सर्वोच्च अदालत कर्मचारीको भनाइ छ । कुँवरले भनेका छन्,‘म न्यायाधीश पदको सम्मान गर्छु, तर अहिले उक्त पद स्वीकार गर्न असमर्थ छु । म जुन पदमा छु, त्यही पदमा कार्यरत रहन पाऊँ भनेर उहाँले लिखित निवेदन नै दिनुभएको छ,’ ति कर्मचारी भने ।
मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने परम्परा रहिआएकोमा आफूलाई न्यायाधीशमा मात्र सिफारिश गरिएको भन्दै कुँवर असन्तुष्ट बनेका हुन् । कुँवरले न्यायाधीश पद अस्वीकार गरेसँगै कामु प्रन्या कार्कीलाई आफ्नो पहिलो निर्णय कार्यान्वयनमै असफलता हात लागेको कर्मचारीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार