बबी देओल, मनिषा कोइरालाको ‘गुप्त’को सिक्वेल चर्चामै सीमित
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २१:५५:४७
४ चैत, काठमाडौं । बबी देओल पछिल्लो समय अभिनयमा सक्रिय भइसकेका छन् । हाउसफुल ४ र रेस ३ जस्ता फिल्ममार्फत अभिनय कमब्याक गरेका बबीलाई आश्रम सिरिजले चर्चामा ल्यायो ।
हालै उनको अभिनय रहेको ‘लभ होस्टेल’ मा पनि उनको कामको प्रशंसा भयो । यद्यपि बबी आफूलाई फिल्ममै सफल बनाउन चाहन्छन् । हाउसफुल ४ सफल भए पनि रेस ३ भने चर्चामा मात्र सीमित भयो ।
फिल्ममा सफलता खोजिरहेकै समयमा बबी अभिनित सफल फिल्म ‘गुप्त’ को सिक्वेल बन्ने चर्चा चलेको छ । ‘दुनियाँ हसिनोको मेला’ बोलको गीतका कारण निकै चर्चामा आएको फिल्ममा बबीसँगै काजोल र मनिषा कोइरालालगायतको अभिनय थियो ।
फिल्मको सस्पेन्सलाई दर्शकले निकै रुचाएका थिए । अब यसै फिल्मको सिक्वेल बन्ने चर्चा हुन् थालेको छ । गुप्तकै निर्देशक राजीव रायले फिल्मलाई निर्देशन गर्ने चर्चा छ ।
उनले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया आएको बताएका थिए । ‘मलाई आइडिया आइसकेको छ, तर यसलाई फाइनल गर्न बाँकी छ,’ निर्देशक रायले भने, ‘बबीलाई फिल्म लिने पक्का छ अरु कास्ट फाइनल हुनेछ ।’ फिल्मलाई अगाडीकै झैँ यसपटक पनि दर्शकले थ्रिल महसुस गर्ने उनको भनाइ थियो । यद्यपि फिल्मको औपचारिक रूपमा कुनै घोषणा भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार