सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २२:२७:३२
४ चैत, उदयपुर । गैडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएको छ । चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।
मृतक कटुवालको शव त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए । मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।
बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार