राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज इन्डोनेसिया जाँदै
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २२:३१:१०
४ चैत, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शुक्रबार बेलुका इन्डोनेसिया जाने भएका छन् । अन्तरव्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन उनीसहितको टोली इन्डोनेसिया जाने भएको हो ।
आजदेखि १० गतेसम्म हुन लागेको अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधिमण्डल आज बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरू भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया हुनेछन् ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधिमण्डलमा रहने सचिवालयले जानकारी दिएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टु जिरो ः मोबिलाइजिङ पार्लियामेन्ट्स टु एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा राख्नेछन् । सम्मेलनको विशेष सत्रमा उनले कोभिड– १९ महामारीको वेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन् ।
अध्यक्ष तिमिल्सिनाले गभर्निङ काउन्सिलको २०९औँ सत्रमा पनि भाग लिने कार्यक्रम छ । सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद् सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार