प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर आउन शिक्षक सेवा आयोगको आग्रह
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २२:४८:४१
४ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा दिने परिक्षार्थीले प्रवेश पत्रसँगै परिचय खुल्ने अर्को प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ ।
आयोगले सूचना जारी गर्दै चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको छ ।
उम्मेद्वारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेद्वारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको हो ।
आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ । मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुने छ ।
आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको विज्ञापन खोलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार