युएईसँग नेपाल ४८ रनले पराजित
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २३:४८:८
४ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा यूएईले नेपाललाई दिएको १६८ रनको लक्ष्य पछ्याउदा १२० रनमा समिटिएको हो ।
नेपालको खराब ब्याटिङका कारण १६८ रनको लक्ष्य दिएको युएईसँग हार व्यहोरेको छ । रोहित पौड्याले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, ज्ञानेन्द मल्लले २८ र कुसल भर्तेलले ११ रन बनाए ।
सोमपाल कामी र करण केसीले सुरुआत देखि बनाएको दबाबमा नेपालले यूएईलाई १६८ रनमा रोक्न सफल भएको थियो । चौथो ओभरमा सोमपालले बाउन्सर बलमा चिराग सुरीलाई आउट गरी नेपाललाई सफलता दिलाउन सुरु गरेका थिए ।
सोमपालले आफ्नो अर्को ओभरमा वृत्य अरभिन्दलाई विकेटकिपर आसिफ शेखबाट आउट गरी नेपाललाई ठुलो सफलता दिलाए । सुरीले ६ र अरभिन्दले ३ रनमात्र बनाउन सके । १० औं ओभरमा सोमपालले ओपनर मोहम्मद वासिमलाई २१ र ११ औं ओभरमा करणले आसिफ खानलाई २ रनमा आउट गरेपछि यूएई ३५–४ को स्थितिमा पुगेको थियो ।
पूर्व कप्तान रोहन मुस्ताफा र सी रिजवानले धैर्यपूर्वक खेल्दै २३ ओभरमा ७७ रनको साझेदारी गरे । रिजवानलाई कप्तान सन्दीप लामिछानेले आफिसबाट स्टम्प आउट गराए । रिजवान र मुस्ताफा दुवैले समान ४० रन बनाए । रिजवानले ८५ बल खेले र कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।८१ बल खेली २ चौका र १ छक्का प्रहार गरेका मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरे ।
बसिर हमिदलाई १४ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराई सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए । खासिफ दौडलाई १८ रनमा आउट गरी सोमपालले चौथो विकेट लिए । करणले यूएईका कप्तान अहमद राजालाई १७ रनमा आउट गरी नेपाललाई नवौं सफलता दिलाए । त्यहि ओभरमा करणले जाहुर खानलाई शून्यमा आउट गरे ।
सोमपालले ९ ओभरमा ३९ र करणले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० र दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चे ।
नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेलिरहेको छ । यूएई र नेपाल दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । शारजहाँमा पपुवा न्यु गिनीविरूद्ध यूएईले ७ विकेटले र नेपालले २ विकेटको विजय हात पारेको थियो ।
नेपालले विकेटकिपर ब्याटर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी खेलेका छन् । तीव्र बलर कमलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । विनोदको स्थानमा आसिफ शेखले नेपालको विकेटकिपिङ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार