नेकपा महासचिव विप्लवको राजनीतिक प्रस्ताव निर्वाचनको पक्षमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २३:५०:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Biplav-meeting_kapilbastu_vDrph2SE9K.jpg)
४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा सहभागि हुनुपर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले शुक्रबारको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस गरेका हुन् ।
कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।
गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत देखिएको थिएन ।
पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार