बर्डफ्लु नियन्त्रणका लागि रकम र जनशक्ति अभाव, किसानले पाएनन् क्षतिपूर्ति
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १४:५५:५१
५ चैत, काठमाडौं । सरकारले बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरे पनि हाल १० जिल्लामा बर्डफ्लु देखिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ ।
विस्तारै बर्डफ्लु बढ्दै १० वटा जिल्लाका विभिन्न स्थानमा फैलिएको र यसरी बढ्दै गऐ नियन्त्रणभन्दा बाहिर जान सक्ने पशु सेवा विभागले जनाएको छ । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । त्यसको नतिजा आइसकेको छैन ।
विभागले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको बताएको छ । किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरे पनि हालसम्म त्यसको केही प्रतिक्रिया नआएको विभागको भनाई छ । अहिले पाँचदेखि छ करोड रुपियाँ माग गरिएको छ ।
नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्रीको बर्डफ्लु नियन्त्रण आदेश, २०६४ मा उल्लेख भएबमोजिम सम्बन्धित धनीलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ । क्षतिपूर्ति दिन प्रत्येक जिल्लामा पन्छी, पन्छीजन्य र पन्छी उत्पादन सामग्रीको प्रचलित बजार मूल्यको आधारमा दररेट निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ‘दर रेट निर्धारण समिति’ गठन गरिन्छ ।
विभागसँग जनशक्तिको अभाव पनि रहेको छ । अहिले द्रुतगतिमा बर्डफ्लु फैलिइरहेको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि सङ्क्रमण पुष्टि भएको क्षेत्रलगायत अन्य क्षेत्रमा नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना सङ्कलन तथा प्रयोगशाला परीक्षणका लागि ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सबैतिर रोग फैलिँदै गयो भने जनशक्तिको अभाव हुनसक्ने अवस्था रहेको हुनाले यसबारे कृषि मन्त्रालयलाई पनि जानकारी गराइएको छ ।
हालसम्म बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायको समन्वयमा विज्ञहरूको सहयोग लिने गरेको विभागले जनाएको छ ।
बर्डफ्लु देखिएको स्थानलाई केन्द्रबिन्दु मानी त्यसको तीन किलोमिटर वरिपरि सम्भावित सङ्कट क्षेत्र घोषणा गर्न सकिने अधिकार कृषि मन्त्रालयलाई दिएको छ । यसअघि कृषि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेपछि मात्र सङ्कट क्षेत्र घोषणा गर्ने प्रावधान थियो । हालै त्यो अधिकार मन्त्रालयलाई नै दिएको कारण रोग पहिचान भएको क्षेत्रलाई नियन्त्रण गर्न सजिलो भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार