रुकुममा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार २०:२७:५०
५ चैत, रुकुम । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु र २ जना घाइते भएका छन् ।
पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा १ त ३३७३ नम्बरका ट्रयाक्टर शुक्रवार बेलुकी गर्खानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका तीनजनामध्ये एकको रुकुमपूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
घाइते दुईजनालाई राति रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको श्रेष्ठले बताए। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ। पुथाउत्तरगंगा–१० का वीरप्रताप बुढा मगरको अवस्था खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुने पुरुष र गम्भीर घाइते भएका पुरुषको पहिचान खुल्न सकेको छैन । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार