अब कम्युनिष्टहरु एमालेतिर र प्रजातन्त्रवादीहरु कांग्रेसतिर हुन्छनः भानुभक्त ढकाल
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १७:६:३३
५ चैत, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले निर्वाचनपछि नेपालको राष्ट्रिय राजनीति दुई ध्रुर्वमा मात्रै देखिने बताएका छन् ।
अब हुने तीनै तहको निर्वाचन सकिएपछि नेपालमा कम्युनिष्टधारको नेतृत्व एमालेले र प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्ने ढकालले दावी गरे ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता ढकालले निर्वाचनपछि अहिलेको गठबन्धनका रंगीविरङ्गी र छिर्केमिर्के दलहरु अस्तित्वमा नरहने बताए । अब एक दलले कम्युनिष्ट र अर्को दलले प्रजातान्त्रिक विचार बोकेर राजनीतिमा प्रतिस्पर्धा गर्ने दिन आएको बताए ।
आउने स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रसँग सहकार्यको प्रसंगमा ढकालले माधव नेपालको समाजवादीलाई एमालेले दलको मान्यता नदिएकले सहकार्य हुन नसक्ने बताए । माओवादीको हकमा भने रुँदै र कराउँदै आए गोत्र एउटै भएकोले सहयोगसम्म गर्न सक्ने ढकालको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनपछि नेपालका राष्ट्रिय राजनीति दुई ध्रुवमा प्रस्ट रुपमा देखिने नेता ढकालले भने ।
‘चुनावपछि गठबन्धनका रंगीविरङ्गी छिर्केमिर्के दल रहँदैनन्, अस्थित्वको खोजीको लागि उनीहरुको संर्घष जारी रहन्छ’ नेता ढकालले भने, ‘एमाले र कांग्रेसका बीचमा मूल रुपमा प्रतिस्पर्धा हुन्छ, कम्युनिष्टहरु एमालेसँग र प्रजातन्त्रवादीहरु कांग्रेसतिर लाग्छन्, अरुको अर्थ छैन ।’
उनले राज्यशक्तिको दुरुपयोग गरेर अदालतबाट जस्तो खालको क्षेप्यास्त्र आउँछ त्यसलाई काउन्टर दिन एमाले तयारी अवस्थामा रहेको बताए । संवैधानिक नियुक्ति खारेजीको आदेश सर्वोच्चले गरे एमालेले त्यसको काउन्टर दिने चेतावनी दिए ।
नेता ढकालले एमालेले त्यसका लागि आवश्यक तयारी गरेको बताए । ‘एमालेले तयारी अवस्थामा छ, तर हतारिएर उत्ताउलो भएर पहिल्यै हान्दैन’ ढकालले भने, ‘अदातलले प्रचलित विधि, कानुन र पद्धतीको बर्खिलाप हुने गरी आदेश गरे एमालेले आफ्नो सामर्थ्यले भ्याउने गरी विभिन्न मोर्चाबाट त्यसको प्रतिरोध गर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार