योजना आयोगका उपाध्यक्ष झालाई महामुर्खको उपाधि
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १७:२७:५२
५ चैत, जनकपुरधाम । जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा. झालाई प्रदान गरिएको हो ।
त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ ।
यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुआत गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझ्क्कड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।
उपाधि मधेस सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले हस्तान्तरण गर्नुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार