प्रधानमन्त्रीद्वारा २२० केभीको खिम्ती सबस्टेसनको उद्घाटन
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १९:८:४३
५ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो ।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेशन जडान भइसकेको छ ।
माथिल्लो तामाकोशीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२ दशमलव चार मेगावाट क्षमताको लिखु चौथो र २४ दशमलव दुई मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत सबस्टेसनमा जोडिएको छ ।
त्यस्तै, यस सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००÷२२०÷१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।
नयाँ खिम्ती सबस्टेसनबाट ४६ किमि लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ केभी सबस्टेसन हुँदै काठमाडौं उपत्यका नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ । नयाँ खिम्ति सबस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर वे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेको प्राधिकरणले जनाएको छ ।
साथै सबस्टेसनमा २२०÷१३२ केभी, ३३ दशमलव ३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सवस्टेसन क्षेत्रमा हाल करिब ५५ रोपनीमा २२०÷१३२ केभी नयाँ खिम्ती सवस्टेसन निर्माण भएको छ ।
अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे । दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठूलो मद्दत पु¥याइरहको छ ।
वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप प्राधिकरणले जनाएको छ ।
उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४ दशमलव ०६ रुपियाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा प्राधिकरणले गरेको जनाएको छ ।
माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले बताए ।
उनले पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रूपैयाँ ३२ प्रति युनिटसम्म पुगेको अवस्थामा तामाकोशीको विद्युत खरिद दर यो साल अधिकतम नेपाली रूपियाँ ६ दशमलव ९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार