दक्षिण एशियामा सबैभन्दा बढी खुशी देशमा पर्यो नेपाल
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १९:२०:३४
५ चैत, काठमाडौं । सबैभन्दा बढी खुशी हुने देशको रुपमा नेपाल दक्षिण एशियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदन अनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो ।
नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा छन् । १४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन ।
विश्वमा सबैभन्दा बढी खुशी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्वीजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् ।
खुशी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रतिवर्षको वार्षिक आय, स्वस्थ जीवन र मृत्युदर, सामाजिक सुरक्षा, स्वतन्त्रता, भ्रष्टाचारसम्बन्धी विभिन्न मानकलाई प्रयोग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सहकारी ठगी मुद्दामा निलम्बित सांसद रवि लामिछानेको आज बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार