गठबन्धनमा अरु दलको हैसियत छैन, कांग्रेसलाई पनि १३ सिटमा झार्नुपर्छः अध्यक्ष ओली
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार १९:३८:२०
५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । उनले यो गठबन्धन केही नभएको र थोरै बचेको कांग्रेसलाई पनि २३ बाट १३ सिटमा ठेगान लगाइदिने बताए ।
शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताले पराजित गरिदिने बताए । उनले अब हुने स्थानीय तहको निर्वाचनको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने र एमालले २० हजारभन्दा धेरै जनप्रतिनिधि जिताउने दावी गरे ।
अध्यक्ष ओलीले ‘स्याल’हरूको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै पाँच दलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र कमजोर भइरहेको जिकिर गरे । उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अझै दल बन्न नसकेको टिप्पणी गरे ।
ओलीले अघिल्लो कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार