बृहत् योग शिविर सुरु
नेपालबहस संवाददाता
चैत ५, २०७८ शनिबार २१:११:२८
५ चैत , तनहुँ । पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो शिविरको उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताए । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा उनले जोड दिए ।‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नाराका आयोजित पाँच दिने सो शिविरमा पाँच सय जनाको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको योग विज्ञान शिविर व्यवस्थापन समिति पताञ्जलि योग आँबुखैरेनी तनहुँका अध्यक्ष पम्फा श्रेष्ठले जानकारी दिए । उनले भने, “योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ, कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ ।”
शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुले प्रशिक्षण प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार