संविधानमा झुक्याएर राखिएको धर्मनिरपेक्षता नहटाए हाम्रो मौलिक पहिचान गुम्छः पूर्वप्रधानन्यायाधीश पराजुली
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १४:१:१६
६ चैत, काठमाडौं । सर्वोच्च अदालतका पुर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नेपालको संविधानमा धर्मनिरपक्षता शब्द झुक्याएर राखिएको बताएका छन् ।
संविधानसभाबाट संविधान जारी गर्नु अघि यस विषयमा सहमति जुटाउन दलहरुलाई सकस परेको र धेरै शब्दजाल खेलाउने क्रममा झुक्यार धर्मनिरपेक्षता राखिएको उनको भनाई छ ।
काठमार्डौमा ‘हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय’ कार्यक्रममा पराजुलीले कसैको नाम उल्लेख नगरी केहि नेताहरुको शब्द र अर्थको बुझाइमा आएको कम्जोरीले संविधान राखिएको धर्म निरपेक्षता संशोधनमार्फत हटाउनुपर्ने बताए ।
पराजुलीले संविधानमा धर्मनिरपेक्षताको व्यवस्थाका कारण नेपाल हिन्दु राष्ट्रको मौलिक पहिचानबाट हराउँदै गएको र हिन्दु धर्म पनि मासिँदै गएको बताए ।
उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले अन्तर्राष्ट्रिय रुपमै आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे ।
बहुसंख्यक हिन्दुहरुको बसोबास रहेको नेपालमा सवै जात, जाती र धर्मले समेत महत्वका साथ दिएको सम्मानको पनि यसले अपमान गरेको भन्दै धर्मनिरपेक्षताबाट नेपालको धर्म संस्कृति समाप्त भएको उनको भनाई छ ।
उनले भने, ‘हामीले पालना गरेको रीतिस्थिति समाप्त भएको छ । त्यो धर्म निरपेक्षता हामीलाई चाहिँदैन ।’ हिन्दु धर्म पवित्र आत्माहरूको पुञ्ज भएको बताउँदै पूर्वप्रधानन्यायाधीश पराजुलीले संसारमा रहेका सबै धर्मभन्दा हिन्दु धर्म असल चरित्रको, अहिंसा परोमोधर्म, बसुधैव कुटुम्बकम सिद्धान्तमा आधारित रहेको बताए ।
उनले भने–‘संसारमा हिन्दु धर्म भन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा सुद्ध असल संस्कारको धर्म छैन । हामीले बसुधैव कुटुम्बकमको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले अहिंसा परमोधर्मलाई अनुसरण गरेका छौँ ।
हामीले परोपकाय पुण्याय, पापाय परिपिडनको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले असतोमा सत्गमयको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले जे भनिरहेका छौँ त्यो मानव कल्याणका लागि भनिरहेका छौँ ।’
पराजुलीले विश्वमा धर्मका आधारमा देशहरूको पहिचान रहेको भन्दै ५७ वटा इसाई राष्ट्र, १ सय १४ राष्ट्र इसाई राष्ट्र बन्न लागेको, ३३ इस्लामिक राष्ट्र रहेको र ९ बुद्धिष्ट राष्ट्र रहेको जानकारी गराए ।
उनले हिन्दूले पालना गरिरहेको धर्ममाथि अरू धर्मवलाम्वीहरुले लोभ नदेखाउन र आफ्नो धर्म पालना गर्न दिन आग्रह गरे ।
पूर्व प्रधानन्यायाधीश पराजुलीले बेलायतको टोनी ब्लेयर प्रधानमन्त्री हुने बेला राज्यको धर्मअनुसार शपथ खाएको उल्लेख गरे । अमेरिकाकी उपराष्ट्रपतिले शपथ ग्रहण गर्दा गीता छोएर शपथ लिएको बताउँदै शपथ खाने कुरा हेलचेक्रायाई विषय नभएकोले नेपालमा पनि गीता छोएर कसम खानुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले २०६२÷०६३ को आन्दोलनका बेला धर्मका विषयमा कुनै विवाद नरहेको र रातारात पश्चिमा देशहरूको डलरको प्रभावमा रातारात धर्मनिरपेक्षता राखिएको उल्लेख गरे ।
धर्मनिरपेक्षताले हिन्दु धर्म, संस्कृति र परम्परा मासिँदै गएको बताउँदै उनले देशको भूभाग मासिएमा फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति मासियो भने त्यसलाई फर्काएर ल्याउन नसकिने बताए ।
खरेलले राजनीति गर्नेहरूले अरूको आदेशमा हिन्द राष्ट्रमाथि आक्रमण गरेको बताउँदै आफ्नो धर्म संस्कृति रक्षाका लागि अग्रसर हुने समय आएकोमा जोड दिए ।
कार्यक्रममा अभियानका सदस्य देवेश झाले इतिहास, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल हिन्दु राष्ट्र रहेको जिकिर गरे । वेद, श्रुति, स्मृति, महाभारत धेरै धार्मिक ग्रन्थमा नेपाल हिन्दूभूमीको रुपमा रहेको उल्लेख गरिएको बताउँदै उनले नेपालको इतिहास, संस्कृति, परम्पराका तथ्यगत आधारमा हिन्दूराष्ट्र भएको उल्लेख गरे ।
उनले जात व्यवस्थालाई लिएर हिन्दु धर्मको विरोध गर्नु गलत परिपाटी रहेको बताउँदै देशमा सयौँ मन्दिरहरूमा ब्राह्मण बाहेक अरू जातीका पुजारी रहेको आँकडा प्रस्तुत गरे । अहिले हिन्दूधर्म फुटाउन योजनाबद्ध रुपमा विभिन्न सम्प्रदायहरू सिर्जना गरिएको उनले बताए ।
यस्तै सो अभियानका सदस्य कल्याण तिमिल्सिनाले हिन्दु धर्म परिवर्तन रोक्न सबैले सचेत हुनुपर्ने र हिन्दु धर्म रक्षाका लागि समय दिन आग्रह गरे । उनले अहिले आफ्नो संस्कृति संरक्षण नगरे भोलिको पुस्ताले सराप्ने उनको भनाई थियो । अभियानका संयोजक पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार